त्यो राम गर्मी सकिएर जाडो शुरु हुन लागेको, रातीसम्म धेरै गर्मी भएको रात हो । बिहानै देखि पढेर, साँझतिर सुत्न खोज्दा सुत्न न सकिएको रात हो त्यो । आधारातबाट बत्ति पनि न आएको, खोल्न सकिने झ्यालहरु सबै खोलिए, झ्यालका चारेवटा फट्टा खोलियो । ठूला ढोका दुइटै खोलियो । पंखा न रहनाले पाँच दश वटा मच्छड् कराउन लागे । न निदाएको हुनाले टोक्न पाएनन् । सानो रहेको मोमबत्ति सल्काएर ढोकाका छेउका टेबलमा राखें । त्यस गहिरा खाटमा घोप्टिएर हातमा मुख राखेर एकै क्षण सुतें । घडी हेरेर सुतेको दस मिनेट पनि भएको छैन , केही खसे जस्तो लाग्यो । त्यता ध्यान नदिई घरको आइरहेको यादलाई, अझ ताझा गरें र धेरै बेर न हल्लिनाले हो कि हात फत्रक्कै निदाएछन् । एउटा हात निकालौं भन्दै थिएँ ढोकामा कोई उभिएको देखें । डर डर लाग्यो । तर कपडा् लत्ता लाएको त्यो मूत्र्ति देख्दा विश्वास लाग्दै थियो, केही क्षण हेरि रहें ।

त्यो मुर्ति भित्र पस्यो । धेरै बेरसम्म मेरा ठूला टेबलका सामन्ने उभिएको देखियो । पाखुरा निदाएका मात्र हुन, म आँखा हेर्दैछु । मज्जाले हेर्दैछु । ध्यान दिएर हेरि रहें । त्यो मूर्ति धेरै बेर उभिएर मेरा अर्को कोठा तिर पस्यो । उज्यालो पनि लिएर गयो । उ भित्र पसे पछि म पनि उठेर आफ्ना पतलुनबाट छुरी निकालेर, त्यसलाई खोलें । पर्दाबाट हेरि रहें । म आतिइन । तर दरवाजातिर बारम्बार हेरि रहें । चाल मारी गएर दुइटै ढोका थुने ।मैले हेर्दा हेर्दै उ एउटा हातमा मोमबत्ति बालेर मेरो त्यो सानो बाकस उर्घान थाल्यो । म धेरै जसो ताला लाउँदिन । त्यसैले स्वतन्त्र भएझैं छ । भित्र केही राखेको छैन, एक दुई कपडा, केही किताप, भोक लाग्दा खाने केही खाने कुरा त्यति मात्र ।

मेरो पैसाको बेग पनि पो रहेछ । महिना मर्ने बेला हुनाले धेरै त थिएनन् तर पैसा त पैसा हो । ठीकै छ नमारी छोड्दिन, एउटी आइमाईले ! यसका ! रिसले आफू आगो भएको बेला उ बत्ति निभाएर केही लिएर निस्की । ढोका बाहिर आए पछि मैले टर्चलाइटले घुच्चुकमा हाने । उ घड्याम्म भुँइमा पछारिई । चारैतिर सबैलाई बोलाउँ कि झैँ लाग्यो, यसरी पछारिए पछि मैले जित्छु झैं नै लाग्यो । दुइटै ढोका बन्द छन् । धेरै साथी न भए पनि मैले अवश्यै जित्नेछु भन्ने लागेर हल्ला गरिन । ढोका अनि झ्यालमा कान थापेर धेरै बेर सुनें । मच्छडको र बाहिर नलका पानीको केही आवाज बाहेक केही सुनीएन । ठूलो मोमबत्ति सल्काएँः (लडेकी उसलाई हेर्दै आफ्नो छुरी सम्हाली रहें ) ढोका अनि झ्याल तर्फ हेरें । त्यो उज्यालो लिएर छेउमा गएँ । टर्च लाएर मुखमा हेरें । मलाई अचम्म लाग्यो ।

आकाशको जुन खसेको हो कि जस्तो छ । अनुहार भरी पसीनै पसिना छन् । निकै सारो परे जस्तो देखिन्छ । सुन्दरतामा भने केही कमी आएको छैन । निधारका राता टिकाले सुन्दरता अझ् बढाएको छ, हातमा लिएको –कोम–गोम लेखेको ) मेरा त्यस बैगले मलाई त्यता आकर्षित गर्यो,न भए त्यस अनुहारलाई कति घर टाडा, देश त के र महादेश पर पुर्याइदिने थिएँ । जवानै देखिन्थिई । अनुहार चाउरिएको लक्षण छैन । छात्तिमा उमेरको स्पष्टता त जाँनिदैन, तर निधारको रातो टिका न भए मालीले चाकर गरेको फुल जस्तो, पिंजडा न परेको पक्षी जस्ते । कोल्टे परेर, केही टेडो सुतेकी छ । विश्वासघात भएको गुडिया जस्तो लमतन्न परेकी छ ।

मैले त्यो छुरी अनुहारमा राख्द, कपालले आधा छोपेको अनुहारबाट पन्छाउँदा उ केही हल्लिई । उसले आँखा खोल्दा बिजुली आएझैँ भयो । उ जुरुक्क उठेर उभिई । म च्याप्प छुरी समातेर छेउमैं गएँ । तयारी हुँदै उभिएर–

–हल्ला गरे त ! देख्यौ ?…..तिमी को हौ ? तिमी को हौ तिमी कसले पठाएको हो हँ ?

उ केही बदलिन । त्यस छुरीतिर राम्ररी हेर्दै, अगाडी खसेको मेरा बैगतिर हेरि विस्तारै भनी–

–सिहंज्यू ।
–सिहंज्यू भन्दै ! तिमीले मलाई चिन्छौ ? हँ ?
–मास्टर, सिंह्ज्यू , म तपाईलाई चिन्दछुः म सुकुलकी पत्नी हुँ ।
–शुक्ला भनेको ?
–तपाईंका मित्र, रेल्वे वुकिङ क्लर्क, सुकुल ।
–को ? आर.पी. शुक्ल ?
–हजुर, राम प्रसाद शक्लकी पत्नी ।
–उसो भए सम्मी ?
–ज्यू शर्मिला शुकुल ।
–सम्मी तिमी ? यो के हो ?
–दुई महिना जति भयो, उहाँ जेलमा हुनु हुन्छ,

–आर.पी. शुक्ल है । धेरै भयो भेट न भएको । जेलमा किन ? सम्मी बस । तिमी त….एक्साइज मन्त्रीकी ….एउटी मात्र छोरी ….।

हो म एक्साइज मन्त्रि वी.एम. पाण्डेकी छोरी हुँ । फुल्दै न फुलेकी कोपिलोसम्म न लागेकी म शर्मिला हुँ । श्रीमती सुकुल ।

भवानी अधिकारी (मणिपुर)

म अचम्ममा परें, विश्वास भएन, राम्ररी हेरें । मैले सम्मीलाई एक पल्ट पनि देखेको थिएन । शुक्लले कुरा गरी रहन्थे । बिहेका रातको कुरा पनि फेद देखि टुप्पोसम्म सुनाएका थिए । झलमल्ल हुञ्जेल सुतेको, दस बजी मात्र व्युँझेको , उनले लुकेर पछाडीका ढोकाबाट वाकिङ गएझै, गीत गुन गुनाउँदै आउँदा, उनकी काम गर्ने आइमाईले बुझेर मुसु–मुसु हाँसेको कथा उनले चार पाँच पल्ट सुनाई सकेका थिए । सबै झ–झल्ती सम्झना आयो । अहिले हो होइन के भन्ने , कसो गर्ने भन्दै सोधें –
–उनी जेलमा किन ?
–हजुर जेलमा , दुई महिना जस्तो भो ।
–किन…..?
–तपाईँले जानेकै छ, उहाँ त यता उता केही न गर्ने सिधा–साधा । देखे–देखें , खाए–खाएँ जे छ त्यही कुरा गर्ने ।
–म जान्दछु ! के भएको त ?
–जेलमा सात वर्ष बस्नु पर्यो । बस्न थाल्नु भो ।
–किन हो ! किन सम्मी ?
–हाम्रा बुबा, आफ्ना ससुरासँग जुँधेर । बाबु होस् वा कोई मन्त्रीसँग जुधे त त्यही त हुने हो ।

उनले छोटकारीमा सुनाइन । साँच्चै उनको दोष छैन होला जस्तो लाग्छ । म हावडाबाट अलाहाबाद जाँदा कसैले एकै घण्टा चौध रुपियाँ दिएर मज्जाको बस्ने र सुत्ने ठाउँ पाएको । केही कारणवश त्यो गाडी आफ्नो समय भन्दा एक घण्टा ढिलो छुट्यो । किन भनी सोच्दै थिएँ, कसैले बोलायो । छक्क पर्दै गएँ । सुनसान एउटा कोठामा ठूल–ठूला परेका केही मानिसहरु बसेका थिए । त्यहाँ मैले शुक्लालाई देखेको हुँ। यसो दुवै हात पछाडी पटिट् एक हातले अर्को हात समातेर उभिएका थिए । एउटा भद्र पुरुषले (भरे बुझ्दा सी.आई.डी. का ठूला अफिसर मध्य एक जना) मलाई राम्ररी हेर्दै शुक्लातिर औल्याउँदै सोधे–

–यस व्यक्तिलाई चिन्नु हुन्छ ?
–चिन्दछु, यहाँबाट नै टिकट लिएको हो ।
–रिजर्भेशन पाउनु भयो होइन ?
–ज्यू पाएँ ।
–कति पैसा लिए त !
–टिकटको दाम ।
–माथिबाट कति पैसा दिनु भो इनलाई ? म झसङ्ग भएँ ।
–तपाई को हुनु भो ? मलाई चिन्नु हुन्छ ? यस्तो प्रश्न गर्नु हुने व्यक्ति हुँ ? होइन तपाई को ? पुलिस ….?
–माफ गर्नुहोस महाशय म पुलिस हुँ । उनले आफ्नो परिचय पत्र देखाए । रिस घटेन ।
–मिस्टर डी.आई.जी. म पनि केन्द्र सरकारको कर्मचारी हुँ ।म शिक्षक हुँ , भ्रष्टाचारको विरोधी हुँ । विश्वविधालयको प्राध्यापक, शंका लागे सोध्न पाइन्छ , तर मेरो पनि नागरिक अधिकारहरु….।

–भयो प्रोफेसर साहबः शान्त भई दिनुहोस् । उनले मलाई एउटा कोठामा लगे । चिया ख्वाए । उनले छोटकरीमा भने अनु्सार शुक्लाले फस्र्ट क्लास टिकट काटने मान्छेबाट दश रुपियाँ खाएको कुरा रहेछ । खोज्दा फस्र्ट क्लासको टिकट लिने म मात्र हुँदा, केही उनलाई पकडने प्रमाण पाइन्छ कि भनी, प्रमाण्ति गर्न सोधिएको रहेछ । कसले समाचार दियो त्यो पनि थाहा भएन । शुल्कसँग भएका पैसा–सैसा हेरि खोजी गरेर अंतमा मलाई करैले बोलाएको रहेछ । सम्मानसँग निकै परसम्म पु्र्याई विदा गरे ।

म मेरा सीटमा बसे पछि ती शुल्क आएर हात–सात मिलाएर धेरै धन्यवाद दिए । त्यसै दिनबाट चिना जान भयो । केही बेर कुरा कानी गरी रेल चल्ने बेलामा उ ओर्ले । छुट्ने बेलामा उनले भनेका थिए प्रोफेसर सिंह साहेब, तपाई साँचो मान्छे हुनुहुन्छ, साँचो मानिस धेरै ठोकेर खाइन्छ , होशियार हुने है । मजाक भए पनि मलाई छुने कुरो थियो ।

उनले जेल बस्नु परेको पनि साँचो बोलेकै कारणले होला । उनलाई यस शहरमा ट्राँस्फर गरेको पनि साँचो सत्यकै कारण रहेछ । एक दिन घर फर्कदा राती मातेका मान्छेसँग झगडा परेछ । त्यो मानिस कानुन विरोधी तरिकाले रक्सी बनाउने मानिस रहेछ । उनले समाचार दिएर सोधपुछ गराए । अंतमा त्यस मानिसले एक्साइज मन्त्रीलाई पैसा दिई आफ्नो रक्षाको अपिल गरेछ । अपिल स्वीकार भएछ । राम्रो प्रमाणहरु छँदा–छँदै पनि श्क्लालाई ससुराले पैसा निकाल्दा निकाल्दै ससुरा मन्त्री हुन भन्ने बिर्सेछन् । पुलिसको कुरा आयो । आफैँले बोलाएका पुलिसले उनैलाई पकडेछन् । मन्त्री मन्त्री हुन् उ प्रजा लाटा प्रजा , औसीमा पूर्णिमा खोज्ने प्रजा घाम खोज्ने । पाँच वर्ष कामसँगै जेल ।

–सुम्मी तिमीले पहिले भन्न सक्दैन थियौ ?
–चिनेकी पनि थिइन् । घर पनि हिजो मात्र देखेकी
–अहिले चाहिँ कसरी कहाँबाट ?
–नखाएको पाँच दिन भयो ।
–पाँच दिन । दश छाक ?
–पानी खाएर बिताएँ । माइत जान पनि मन लाग्दैनत

उहाँले मान्नु हुन, मन पराउनु हून्न । हिजो भेटन गएकी थिएँ । तीन मिनेटको मात्र समय पाएको थियो । धेरै कुरो भएन, तपाईको कुरो र ठेगाना मैं समय बित्यो । मेरो उपाय छैन प्रोफेसर साहेब । म सँग केही भएको पनि सकियो ।

–कसरी मन्त्रीकी छोरीले ।

शुकुल बुबालाइ मन न परेका मान्छे । माया भयो, बिहे गरीदिनुहोस भनेको मान्नु भएन हामी दुवै भागेका हौं । अंतमा आमाले लुकाएर केही दिनु भएको मात्र हो । आमा पनि दूइटीमा जेठी हुनुहुन्छ ः ताला चाबी सबै कान्छी आमाका हातमा छ ।
–लौ कुरा भरे गरौँला , तिमीले भात खाएको छैन नि .. । स्टोब बालें , कोइला सल्काएँ । पकाई तुल्याइ त आइमाई हुँ ‘म राम्ररी जान्दछु’ भन्दै पसिन । भएको चीज, उनले मन पराउने निकालेर पकाउन लाईयो । साँच्चै जान्दी रहिछ्न । राम्ररी पकाइन ।
–छोरा छोरी कति भए मम्मी ?
–छैनन ।

केही शर्माएझै गरी हासीन । पकाउँदै उनले भोगेका सुख–दुखका कुरा सुनाइन । उ बितेका दुखहरुमा आँसु् झार्दै थिइन । म सात वर्ष कसरी बिताउलिन भनि केही सोच्न लागें । भोली नै जेलमा गएर शुक्लालाई भेटी सल्लाह गर्छु , उनको मञ्जुरी भए म सँग बसे बस्लीन, राम्रो न देखिए, उ अलग्गै बस्छीन् म टाडैबाट हेरचाह गर्छु भन्ने निश्चय गरें । खाई पिई सकेर भाँडा कुडाँ टल्काएर माझिन । म आहिले भोलि शुक्लालाई भेट्छुभन्दा , उनले पनि पहिलै सोचेको तर कतै मलाई कष्ट पर्छ कि भनी न सुनएको भनिन् । ठूला घरकी छोरीको तर परिचय दिइन । भोलि बिहान दश बजीतिर सँगै जाने कुरा भयो । उ बस्न मन गर्दै थिइन , मैले खाट पनि एउटै छ, फेरि राम्रो हुँदैन भनी पुर्याउँछु भने । उ त म भुँइमै सुत्छु, कसले के गर्छ भनी जिद्दि गर्न लागिन् ।

– धत ! हुँदैन सम्मी । म पुर्याउँछु , तिमी घर जाउ , छर–छिमेक हामी बसेका घर मालिकका अगाडी कति न राम्रो देखिन्छ ।
के भयो र, धर्म न छोड भई गयो । छाडे भई गयो त । शहर भए पनि प्रयाग हो, धर्मको स्थान, तीर्थ हो , संगमको शहर ।

हो , तर म मान्न सकिन । जानेनै निश्चय भयो । पुर्याउँछु भनेको मानिनन् । जाने खेर उनलाई मैले पचास रुपियाँ दिएँ, लिन मानिन्, पछि चाहिने मदद दिनुहोला आजलाई भयो भनिन् । तर जबरजस्ती , भाडा हुन्छ भनी बीस रुपीयाँ दिएँ । म भोलि ठीक दश बजीइ आउँछु, तिमी ठीक परेर बस्नु भन्दा , चाँडै भए म आफै आउँछुभनिन् । बाटो देखाइन घर–मुत्थी गंज, घर नम्बर–१०२, अलाहाबादा–२ ।

पुर्याएँ धेरै टाडासम्म पुर्याएँ । एउटा रिक्शा चढेर गइन । सड्कका बिजुलीका उज्यालामा धेरै बेर सम्म त्यस सुनसान सडकमा गएका रिक्शालाई हेरि रहें । केही घटनाहरु पो घट्ने हो कि । म जाँदा चाहिँ राम्रो हुने थिएन । भोलि शुक्लाले ……।

किन जाने शहरको माझ हो । धेरै बेरसम्म निन्द्रा लागेन ।

घर नम्बर १०२ मा पसें । ठूलो घर रहेछ । गेटमा एक जना मानिस रहेछन् । झुक्कियो कि भनी सोध्यो –
–के यो , के १०२ होइन ?
–बाबुजी १०२ हो, के चाहिँ होइन । के शूरु भएकै छैन । ए भन्नु भ्एको हो कि ? कसलाई भेटनु छ ? यो त जज पाण्डेको घर हो ।
–ए जज…… उसो भए यहाँ भाडामा सम्मी भन्ने शर्मिला शुल्क भन्ने कोई…..।
–झुक्किनु भयो होला , यहाँ भाडाको कुरो छैन ।
–गल्ती नै भएछ क्या। , यसै पो भनेझै लाग्थ्यो । न रिसाउनु है ।
–किन रिसाउनु र?

गल्ती नै भएको हो कि । के १०२ नै हो । न लेखे पनि मज्जाले याद छ । ए पो भनेको हो कि , होइन के नै हो । त्यहाँ एक दूई घरमा पसेर हेरें । के छैन, १०२ छ, त्यो परको घर जजको हो । ए १०२ छ, ३०२, ४०२, ५०२, के छँदै छैन । शर्मिला शुल्क ? सुकुल, ुआइमाइ त धेरै चिनीदैनन् । २०२ मा पसें । तलै तले घर रहेछ । भाडा लाउँदैनौँ भनी घर मालिकले भने । ३०२ अफिस रहेछ , ४०२ मा पसिन , चुस्स हेरेर जेल तिरै लागें ।

–छैन मिस्टर सिंह , दोहोर्याएर हेरेर फायद छैनत । मलाई थाहा छ । त्यो नाउँ छैन , रेल्वेको एउटै मान्छे छैन , सात वर्षे कैदी पनि कोई छैन । किन के भयो र?
–मेरा मित्र हुन , उनकी स्त्री संकटमा छन् , एक पल्ट न भेटाएर भएको छैन ।
–उनकी पत्नीले यही जेलमा छन् भनेकी थिइन ् ?
–भनेझैँ लाग्थ्यो । म पनि राम्रो जान्दिन । यहीँ होला भन्ने लागेर ।
–छैनन् । छैनन् यहाँ त । कर्मचारी एउटै छैनन् , राजनीतिवाला पनि एउटै छैनन् । चोर पाकेटमार मात्र छन् यहाँ त ।
–क्षमा गर्नुहोस , जेलर साहेब ।

कुरो के हो । शुल्क , सम्मी , हिजोकी सम्मी , हिजोकी सम्मी, सम्मी होइनन् कि कसो ? कथा , आँसु । रेल्वे स्टेशन मास्टरका कोठामा गएर सोधें , त्यो नाम भएको मानिस छैतन भनी स्पष्ट गरे ।

किन के भयो ?
–यसै भेटौँ भनेर । मेरा मित्र हुन् , यहाँ ट्राँस्फर भयो भन्ने सुनेर, प्यारा मित्र हुनाले । क्षमा गर्ने है ।
निस्कें , विश्वास न लागेर चारैतिर हेरें, टिकट काट्ने् ठाउँमा सोधें , कसैले सुन्दै सुनेनन् , कसैले राम्ररी जवाफ दिए । न भएको पक्का भयो । स–साना केही स्टेशनमा पनि सोधें , छैनन ।
लौ गर्नसम्म गरिन । ट्रङकल , ट्रङक् , उनको साँचो ठेगाना । उनको पहिलेको स्टेशनको ठेगाना । दाउ हेर्नु पर्यो. । खान–पिन बिर्सेर धेरै बेर बसें । बल्ल–बल्ल ठेगाना भेटियो । धेरै बेर आफुलाई चिनाए पछि कुरा गर्न लागियो । उ छक्क परे । मैले न देखेको धेरै भयो , कसो–कुो, के के हुँदैछ भनेर ट्रङक्ल गरेको हो भनी भने ।
अनि सोधेः–
–लडाई सकियो । झगडा चल्दै छ ।
–तिम्रो ट्राँस्फर भयो कि गरेकै छैन ?
–यहाँ भए पश्चात् हल्लिएको छैन ।
–सम्मी सञ्चै छन् ?
–उ अस्पतालमा छन् । एउटा सन्तान (छोरो) भएको आज सात दिन भयो ।
–कंग्रेचुलेशन । हिजो मैले तिमीलाई र सम्मीलाई सपनामा देखेको यही शुभ समाचार सुन्न रहेछ ।
–तिमीले सम्मीलाई देखेको छ र ? चिन्दछौ र?
–यसै त देखेको छैन । सपनीमा हिजो देखेको थिएँ । राम्री रहिछन् ।
–भरे उनलाई भनी दिउँला । उनले त तिमीलाई चिन्छिन् ।
–कसरी
–तिमीले एउटा पत्रिका दिएको थियो , त्यसमा एउटा फोटो थियो । तिमी पनि एक पल्ट त आउ के हो त्यस्तो । मेरो ट्राँस्फर हुन्छ भन्ने विश्वास हरायो । तर एक पल्ट हामी दुई….. तीनै जना तीर्थ स्थानमा आउन सकिन्छ कि हेरौंला । सच्चाईको पापको प्रायश्चित हुन्छ कि हेरौंला । तिमीले बारम्बार पढ्ने प्रयागको श्लोक कसो पो हो–र्
को कह परयाग परभावा’ – प्रयागको गुण कसले वर्णन गर्न सक्छ । बारम्बार गाएको श्लोकको अर्थ आज मात्र बुझ्रदै छु ।
मैले् कोठाको ढोका खोलेर राम्ररी हेरें । त्यस साँघुरा भान्सा कोेठामा हेरें । हिजो उनले राखेका भाँडाहरु यथावत छन् । उनले ठड्याको कुचो मात्र केही लडे् भुँइमा थियो । सारै राम्रो भो प्रयागकी नानी ! भरे पनि आउ मात्र न जय गुरुदेव र

अलाहाबाद– १९७७