चुनाव आयो घर-गाउँ डुल्दै
नेता करायो दुई हात जोड्दै।
गर्दैछ बाचा अति शिष्टताले
भर्दैछ आश्वासन मिष्टताले ।

लौ फेरि मीठो सपना सुनायो
संसार सारा गफ चुत्न थाल्याे।
जिब्रो चलायो कति मस्त पार्यो
नेता रमायो कति मस्त छायो ।

भन्दैछ उसले मत देऊ फेरि
सके-नसक्दो अझ लुट्छु सोहोरी ।
सानो तिनोमै कति जात फ्याक्नु
नेता करायो अति जोड जोड ।

जता फकायो त्यहिँ लौ भुलायो
जता रसायो त्यहिँ आँसु लायो ।
हामीहरूमा पनि छैन ज्ञान
हाम्रो खराबी पनि भाइ जान ।