यो जीवनको पक्कै पनि भर हुन्न
आफ्नाहरूको कैले त खबर हुन्न

जब आफैँलाई आफू चिन्न छोड्छ
तब दुनियाँदेखि महोदय डर हुन्न

मर्छु मर्छु भन्दैमा सजिलो होला !
यहाँ मृत्यु खातिर किन्न जहर हुन्न

यो देखावटी रंगको दुनियाँमा
साधुको कुनै सम्मान कदर हुन्न

जसको तिघ्रा मोटो उही शक्तिमा छ
कम्जोर पाउमा हजुर सफर हुन्न ।