(अक्षर १२/१३)

प्रार्थना गर्दागर्दै उमेर गुजारेँ
लौ भन भगवान् मैले के बिगारे ?

आखिर कोही नै आए पनि यहाँ
सुरसाको मुख झैँ मात्र उघारेँ

म लड्न लागेँ भन्दाभन्दै झन् पो
साथीले पछाडिबाट लाती मारे

आमाको मुहार आज मलिन देख्छु
लाग्छ बुहारीले पो कतै दुख पारे

मैले सपारेको यै एउटा ज्यान हो
विश्वले गाँजा धतुरोबाट सपारेँ ।

 

विराटनगर -१