म शब्दसँग रमाएँ
म शब्दसँगै हराएँ
लखेटे मलाई शब्दहरूले
म शब्दहरूसँगै डराएँ

मायाका मीठा कुराहरू
शब्दहरूसँगै थिए
मागेँ, दिएनन्
ितमीलाई दिन भनी
साँचेका थुप्रै कुराहरू
दिन खोजेँ,
तर मसँग शब्दहरू थिएनन्
म टुटेँ यति धेरै
कि‑
आफ्नै मौनतासँग नि डराएँ

थाहा छ‑
शब्द भ्रम हो,
शब्द महाजाल हो,
तर पनि मलाई
शब्दहरूसँग जिस्किन मनपर्छ ।

उत्तम भौकाजी