पहिले बैंकको ऋणमाथि रोपिएको थियो
र पछि उधारोमा बेचिएको थियो

उखुको डाँठमा
गुलियो पसेको थिएन

पसेको थियो त केवल
किसानको आँशु
किसानको पसिना
र किसानको रगत

आँशुको स्वाद नुनिलो हुन्छ
पसिनाको स्वाद नुनिलो हुन्छ
रगतको स्वाद नुनिलो हुन्छ
नुनिलो, नुनिलो र नुनिलोमा हुर्काएको उखु
झन् नुनिलो हुन्छ
नुनिलो उखुको चिनी नुनिलो हुन्छ

लौ न कसैले सुनाईदेउ
मिलको मालिकलाई
किसानको शोषण गरेर उत्पादन गरेको चिनी
गुलियो हुँदैन
नुनिलो हुन्छ ।

अमेरिका