प्रेस विज्ञप्ति नेपाल स्रष्टा समाजले वि.सं.२०७९ का दुई सम्मानको घोषणा गरेको छ ।

यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि श्रीहरि फुयाँल र रमेशगङ्गा स्रष्टा सम्मान वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ ।

दुवै सम्मानको राशि रु २१,१११।– रहेको छ । नेपाल स्रष्टा समाजका अध्यक्षको अध्यक्षतामा भएको माघ ८ गते भएको बैठकले सो निर्णय गरेको हो ।

वरिष्ठ कवि तथा समाजका पूर्व अध्यक्ष विधान आचार्यले आफ्ना पितामाताको नाममा स्थापना गर्नुभएको सुभद्रा विश्वराज स्रष्टा सम्मानबाट कवि रमेशचन्द्र देवकोटा, नारायणदक्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल र भुवनहरि सिग्द्येल सम्मानित भइसक्नुभएको छ ।

बागमती प्रदेशका सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटालगायतले स्थापना गर्नुभएकाे रमेशगङ्गा स्रष्टा सम्मानबाट साहित्यकार जनार्दनशरण त्रिपाठी र प्राडा वासुदेव त्रिपाठी सम्मानित भइसक्नु भएको छ ।