ललितपुर / शनिबार ललितपुरमा कृषिविद् इन्जिनियरको कविका रूपमा नयाँ परिचय थपियो । नेपाली, हिन्दी र उर्दू भाषामा ध्रुव जोशीको प्रथम कृति “अनुभूतिका महक” प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले सार्वजनिक गर्नुभयो।
जुन सुकै विधाका व्यक्ति र उमेरकाले कविता लेख्नु भनेको कविताको आकर्षण भएको कवि दिवसले बताउनुभयो । उहाँले कविता यस्तो र उस्तो भन्न नमिल्ने र कविले निर्भीक र प्रष्ट भएर आफ्ना भावना राख्ने हिम्मत गर्नु पर्ने धारणा उहाँको थियो ।
उक्त कृतिबारे प्रा. डा. कृष्णप्रसाद दाहाल र त्रिविवि हिन्दी विभाग प्रमुख संजीता बर्माले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।
कवि जोशी असी वर्षको हुनुहुन्छ। कृतिकार जोशीले यो उमेरमा कविताको भोक जगाइ दिने साहित्यकार शरद निरौला र मन्जु निरौलालाई विशेष धन्यवाद दिनुभएको थियो ।
नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संचालन कवि मधु पाठकले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।