
मीनकुमार नवोदित
नारायणगढ, कात्तिक ५ / चिसाप लीलानर्मदा साहित्य पुरस्कार विराटनगरका स्रष्टा मीनकुमार नवोदितलाई अर्पण गरिने भएको छ ।
चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा आज बसेको बैठकले नवोदितको कवितासङ्ग्रह समयको बयानलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कारको स्थापना सरस्वती रिजाल र स्व.उपेन्द्र रिजालले आफ्ना दिवङ्गत मातापिताको नाममा स्थापना गरेका हुन् । यस पुरस्कारको राशि १५,०४५ नगद र सम्मान पत्र रहेको छ ।
चिसापले २०७३ सालबाट निरन्तर रूपमा प्रदान गर्दै उक्त पुरस्कार यसभन्दा अघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदनको भनौ कि नभनौँ (निबन्धसङ्ग्रह), विश्वनाथ अधिकारीको टिम्बुरको झोल(कथासङ्ग्रह),विमल वैद्यको अक्षर सिम्फोनी ( कवितासङ्ग्रह) र ललित विष्टको मोहपथ ( कथासङ्ग्रह) लाई अर्पण गरिएको थियो !
पुरस्कार ११४ औँ लक्ष्मी जयन्तीको अवसरमा यही कार्तिक ७ गते बिहान ११ बजे विशेष कार्यक्रमका बिच चिसाप भवनमा अर्पण गरिने परिषद्का निवर्तमान अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिनुभयो ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१४ असार २०८३, आईतवार 









