
समालाेचक तथा नेपाली रङ्गमञ्चका गम्भीर अध्येताका रूपमा ख्याति कमाएका साहित्यकार डा. अशाेक थापा कथा सङ्ग्रह “सन्तापकाे धून” लिएर पाठकसामु आउँदैछन् । १३ कथा समेटिएकाे उक्त सङ्ग्रह यही भाद्र १८ गते काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक हुने सङ्ग्रहकाे प्रकाशक ‘पेज टर्नर’ ले जनाएकाे छ ।
विसङ्गतिवादी लेखनका ज्ञाता डा. अशाेककाे प्रकाशाेन्मुख कथाकृतिमा आजकाे मान्छे र समाजभित्र विद्यमान अदृश्य विसङ्गति र विपर्यासहरूकाे सुन्दर उत्खनन् रहेकाे दावी प्रकाशककाे छ । रङ्गमञ्चमा अभिनयकाे अनुभव समेत सँगालेका लेखक थापाका कथामा नाटकीयता पनि यथेष्ट मात्रामा पाइने उसकाे दावी छ । नेपथ्यका पात्रकाे उपस्थिति, आञ्चलिक भाषाकाे प्रयाेग तथा नवीन आख्यान-शिल्पका कारण यी कथा पाठककाे राेजाइमा पर्ने छन् भन्ने कुरामा आफू विश्वास्त रहेकाे पेज टर्नर प्रकाशक तथा वितरक प्रालिका संयाेजक जयराम तिमल्सिनाले बताएका छन् ।
कथाकार थापा नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । याे उनकाे पहिलाे सिर्जनाकृति हाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
८ माघ २०८२, बिहीबार 










