साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

स्रष्टा, सर्जक र सिर्जना वाचन सम्पन्न

जीवन लामा
दोलखा / प्रतिभालाई प्रष्फुटन गर्नको लागि सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको छ । दोलखाको विगु गाउँपालिकास्तरीय स्रष्टाहरूले यस पालिकाभित्रका विकास निर्माण, कला, संस्कृति र समग्र समुदायको अवस्था झल्किने गरी रचना वाचन कार्यक्रम आयोजना गरिएको सिविन दोलखाका शिक्षा तथा सामाजिक अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।

शान्ति आदर्श मावि विगु–४ दोलखाले आयोजना तथा टुकी सिविन र लायन्स क्लव काठमाडौको सहकार्यमा सिर्जना वाचन आयोजना गरिएको थियो ।

bahulako diary small and inside post

कार्यक्रममा १५ जना स्रष्टाहरुले कथा, कविता, मुक्तक, गजल वाचन गरिएको विष्णु सुवेदीले बताउनुभयो । कार्यक्रममा विष्णु सुवेदी, सन्तोष विमली, सुदिप खड्का, पुष्पराज भट्टराई, अर्जुन ठकुरी, उपेन्द्र बुढाथोकी, प्रकाश थामीलगायतले रचना वाचन गर्नुभएको थियो ।

रचना वाचन कार्यक्रम शान्ति आदर्श मावि विद्यालय व्यवस्थापन समितिका सदस्य सीमा खड्काको अध्यक्षतामा र विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव वलीको प्रमुख आतिथ्यतामा भएको थियो ।

विगु गाउँपालिकामा साहित्य उत्थान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
Loading...