
नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनको तेस्रो अधिवेशन २०७८ पुस १६ गते सम्पन्न भयो ।
उक्त अधिवेशनमा प्रमुख अतिथिका रूपमा सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालका महासचिव भोलानाथ घिमिरे, विशेष अतिथिका रूपमा पेशागत महासङ्घ नेपालका सचिवालय सदस्य मोहनकुमारी साह र यसै सङ्गठनका पूर्व अध्यक्ष विक्रम मैनाली हुनुहुन्थ्यो ।
कार्यसमितिद्वारा गठित निर्वाचन समितिले निर्वाचन प्रक्रियाअन्तर्गत सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको हो ।
बन्द सत्रको अन्त्यमा प्रमुख अतिथि एवम् निर्वाचन समितिका संयोजक श्री भोलानाथ घिमिरेले टे«ड युनियन आन्दोलन र पेसागत सङ्घ–सङ्गठनहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
एकताबद्ध हुनु नै शक्ति आर्जन गर्नु हो भन्नुहुँदै उहाँले पेसागत क्षेत्रमा दूषित राजनीति भिœयाउन नहुने कुरामा उहाँले जोड दिनुभयो । यसैगरी विशेष अतिथि एवम् निर्वाचन समितिका सदस्य मोहनकुमारी साहले सङ्गठनको नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो ।
निर्वाचन विशेष अतिथिकै आसनबाट श्री विक्रम मैनालीले नेपाल प्रज्ञा–प्रतिष्ठान टे«ड युनियन आन्दोलनको व्याख्या गर्दै व्यवस्थापकसँग गर्ने सौदाबाजीलाई सामूहिक सौदाबाजीका रूपमा लैजानुपर्ने र यस सङ्गठनले ट्रेड युनियन आन्दोलनलाई मूलधारमा ल्याउन विगतदेखिकै परम्पराअनुसार लागिरहने कुरामा विश्वस्त रहेको भन्दै शुभकामना दिनुभयो ।
उक्त अवसरमा निर्वाचन समितिले उत्तमराज उपाध्यायको अध्यक्षतामा कार्यसमिति घोषणा गरेको छ । जसअनुसार उपाध्यक्ष सविना ज्ञवाली घिमिरे, महासचिवमा रञ्जन घिमिरे, सचिवमा सुवर्ण रञ्जित, कोषाध्यक्षमा कर्णबहादुर कुमाल चयन हुनु भएको छ । सदस्यहरूमा रमेश अधिकारी, रेखा थापा, शिवकुमार चापागाइँ, भवानी लामिछाने र ध्रुवराज खनाल चयन हुनु भएको छ ।
नयाँ कार्यसमितिका तर्फबाट नवनिर्वाचित अध्यक्ष उत्तमराज उपाध्यायले आफू कलाकार तथा कर्मचारीका सामूहिक मुद्दामा आवाज उठाउन सधैँ तत्पर रहने र व्यक्तिगत इच्छा, आकाङ्क्षा र वैयक्तिक फाइदाका निम्ति आफू नलड्ने बताउनुभयो । कर्मचारीहरूको सामूहिक माग र समस्याका सम्बन्धमा आफू अग्रपङ्क्तिमा रही लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष उपाध्यायले सर्वसम्मत नेतृत्व चयन गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई आभारसहित धन्यवाद दिनुभयो ।
सङ्गठनका महासचिव रञ्जन घिमिरेले निर्वाचन समितिका संयोजक तथा सदस्य तथा उपस्थित सम्पूर्ण कलाकार तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै कर्मचारीका हकहितका सवालमा सङ्गठन दृढतापूर्वक अघि बढ्ने बताउनुभयो । व्यक्तिगत मोलाहिजा सङ्गठनका तर्फबाट नहुने भन्दै महासचिव घिमिरेले सङ्गठनका पदाधिकारी तथा सदस्यहरू कार्यालयको काममा समेत दत्तचित्त ढङ्गले लाग्नुपर्ने बताउँदै व्यवस्थापन पक्षलाई निष्पक्ष ढङ्गले मूल्याङ्कन गर्न आह्वान गर्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
प्रज्ञा प्रतिष्ठानको ४२ औँ प्राज्ञसभा सम्पन्न : सिर्जना र अनुसन्धान वृत्तिलाई व्यापक बनाउने योजना
२१ जेष्ठ २०८३, बिहीबार 








