नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विश्व कविता दिवस २१ मार्चका अवसरमा भर्चुअल कविगोष्ठीको आयोजना गरियो । मुलुकका सात ओटै प्रदेशसहित अमेरिका, रूस, बेलायत, म्यान्मा, अष्ट्रेलिया, जापान, क्यानडा आदि देशमा रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रहेको भर्चुअल कविगोष्ठीको प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले ‘मेरो माया मफलर भए टाँगी दिन्थेँ गलामा’ शीर्षकको कविता वाचन गरेर समुद्घाटन गर्नुभएको थियो ।

प्रमुख अतिथि काइँलाले भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सबै जातजातिका भाषा र संस्कृतिलाई विश्व कविता दिवसले सम्मान व्यक्त गरेको उल्लेख गर्दै भाषाहरूको शक्ति र सामर्थ्यले कवितालाई जीवन्त बनाइराख्ने बताउनुभयो । पूर्वकुलपति काइँलाले नेपाल र नेपालबाहिर बस्ने सबै कविहरूका लागि विश्व कविता दिवसले सकरात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले कवितामा विलक्षण शक्ति हुने उल्लेख गर्दै यसले सबै खाले आग्रह पूर्वाग्रह र फाटेका मनलाई जोड्ने बताउनुभयो । उहाँले भन्नुभयो– “कविताले मानव जीवनलाई ऊर्जा दिन्छ । जीवनको जङ्गलमा बाटो विराएकालाई बाटो देखाउने र उज्यालो प्रदान गर्ने काम गर्छ । कविताको यही शक्ति र सामथ्र्यलाई बुझेर युनेस्कोले मार्च २१ लाई विश्व कविता दिवसको रुपमा मनाउने निर्णय गरेको हो भन्ने मलाई लाग्छ ।” कार्यक्रममा कुलपति उप्रेतीले ‘जीवन’ शीर्षकको कविता सुनाउनुभएको थियो ।

सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले कविताले मानव जीवनलाई सार्थक बनाउने धारणा राख्नुभयो । उहाँले सन् १९९९ मा फ्रान्सको पेरिसमा सम्पन्न युनेस्कोको बैठकले मार्च २१ का दिनलाई विश्व कविता दिवसका रुपमा मनाउने युगान्तकारी निर्णय गरेको बताउँदै मानवता र मानवीयतालाई जोड्न र भातृत्व सम्बन्धलाई प्रगाढ बनाउन कविता दिवसले मद्दत पु¥याउने जिकिर गर्नुभयो । उहाँले कविता मानवको भित्री आँखा भएको विचार व्यक्त गर्नुभयो । उहाँले सो अवसरमा आफ्नो कविता पनि सुनाउनुभएको थियो ।

काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेलले कविता सुनाउने कुराले मात्र होइन, सुन्ने र मनन गर्ने कुराले पनि कविताप्रतिको सम्मान प्रकट हुने बताउनुभयो । उहाँले विश्व कविता दिवस कवि र कविताको सृजनात्मक महिमालाई सम्मान गर्नका लागि युनेस्कोको निर्णयअनुसार मनाइन थालेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “यसपालिको कविता गोष्ठी साँच्चिकै सार्थक भएको, देशबाहिर रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रह्यो ।”

कविगोष्ठीमा नेपालबाट कविहरू प्राज्ञ सुभद्रा भट्टराई, सविता बराल, प्राज्ञ धीरेन्द्र प्रेमर्षि, सुशीला पौडेल, उषा शेरचन, बाबा बस्नेत, प्राज्ञ डा. गीता त्रिपाठी, बलराम थापा, रणेन्द्र बराली, प्राज्ञ सूर्यबहादर खड्का विखर्ची, सुदेश सत्याल, रुद्र ज्ञवाली, बलभद्र भारती, प्राज्ञ आरडी प्रभास चटौत, स्नेह सायमी, रसज्ञ छहरा, डा. शेषराज आचार्य, विमला निरौला, दिव्यलक्ष्मी पोखरेल, रश्मि रिमाल, डा. बमबहादुर थापा जिताली, तुलसी पण्डित र अमृता स्मृतिले आ–आफ्ना कविता सुनाउनुभएको थियो ।

यसै गरी भारतबाट नारायण होमगाईं, क्यानडाबाट सुरेन उप्रेती, जापानबाट विन्दा पराजुली बराल, अष्टे«लियाबाट गणेश घिमिरे, अमेकिाबाट गोवद्र्धन पूजा, रसियाबाट गोविन्द गौतम र नाज सिंह, बेलायतबाट दुष्यन्त भट्टराई, अमेरिकाबाट मोहन सिटौला, नम्रता गुरागाईं, डा. मधु माधुर्य, पदम विश्वकर्मा, कविराज पौडेल, खेम खनाल, दीपक मुडवरी, चित्रा कोइराला, प्रभा पोखरेलका साथै म्यानमारबाट टेकनारायण रिमाल ‘कौशिक’ले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सहजीरकण प्राज्ञसभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले गर्नुभएको थियो । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान, योजना तथा कार्यक्रम महाशाखाकाका रञ्जन घिमिरेकोे प्राविधिक संयोजन रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको निर्णयअनुसार सन् १९९९ मार्चको २१ का दिनदेखि विश्व कविता दिवस मनाउन थालिएको थियो ।