
भोजपुर प्रतिभा प्रतिष्ठानले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आइरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार २०७८ को लागि संस्थाले नाम छनोट गरेको छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गीतकार, कवि श्यामतमोटलाई भोजपुर प्रतिभा सम्मान र लेखक कविता राईलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने सम्मान राशि रु १०,००० अक्षरेपि (दश हजार रुपैँया) र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कार राशि रु ३५,००० अक्षरेपी (पैँतीस दश हजार) सहित ताम्रपत्र रहेको छ ।
संस्थाले यसअघि साहित्यकार पूर्ण प्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिवि लुगुन, साहित्यकार सैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार गायक तथा संगीतकार गणेश रसिक, इतिहासकार ज्ञानमणि नेपाललाई सम्मान गरिकेको छ ।
यसैगरी पुरस्कृत हुनु हुने स्रष्टाहरूमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लव ढकाल, कवि विमल गिरि, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण इन्फादा, गायक भीषण मुकारुङलाई प्रदान गरिसकेको छ ।
एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान र पुरस्कार प्रदान गर्ने जानकारी संस्थाका अध्यक्ष दयाकृष्ण राईले दिनु भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

पहिचान पुरस्कार ‘गुरु’ र ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’लाई
