विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको प्रदेश १ को भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा सम्पन्न भेलाले मोरङ्ग बेलबारीका स्रष्टा निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राधिका गुरागाईँ, मोरङ र लता पौडेल, इलाम; साथै महासचिवमा धनकुटाका रमेशचन्द्र अधिकारी चयन हुनुभएको छ । यस्तै, सचिव सुरेश काफ्ले विदारक (सुनसरी) र कोषाध्यक्ष कविता राई (भोजपुर) चयन हुनुभएको छ ।
सदस्यहरुमा चन्द्रकला अधिकारी पाँचथर, माधव पोखरेल उदयपुर, जय प्रसाद आचार्य झापा र तारा बहादुर बुढाथोकी संखुवासभा रहनुभएको छ ।
कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले विश्वभरि रहनुभएका नेपाली भाषा साहित्यमा लाग्नुभएका स्रष्टा एवम् पाठकलाई जोड्न प्रतिष्ठान गठन गरिएको बताउनु भयो । नेपालबाट सुरूवात भएको यो अभियानले नेपाल भाषा साहित्यको समग्र विकासका लागि कार्य गर्ने गैरनाफामुखी संस्था बन्ने कुरा बताउनुभयो ।
प्रतिष्ठानका विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले साहित्यबाट समाज परिवर्तनका कार्य हुनसक्ने कुरा आफ्नो विगतका अनुभवलाई जोडेर प्रष्ट पार्नुभयो । उहाँले विदेश विभाग गठनको तयारीमा रहेकोे कुरा बताउनुभयो ।
गण्डकी प्रदेश अध्यक्ष लक्ष्मीप्रसाद मिश्रले नवगठित समिति प्रदेश १ ले उत्कृष्ट कार्य गरी १ नम्बरमै रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नवगठित समितिका उपाध्यक्ष द्वय राधिका गुरागाईँ र लता पौडेल, महासचिव रमेशचन्द्र अधिकारी तथा सचिव सुरेश काफ्ले विदारकले आफूले पाएको जिम्मेवारी इमान्दारितापुर्वक निर्वाह गर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष अधिकारी, सचिव मनिषकुमार शर्मा, सहसचिव सविता केसी, कोरिया विभागका संयोजक शोभा कडरिया कोइराला, आर्त अकुलीन, प्रदेश महासचिव रमेशचन्द्र अधिकारी, सदस्य तारा बहादुर बुढाथोकी लगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियोे ।
प्रदेश १ का संयोजक निरु गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय महासचिव एवम् कार्यक्रमका संयोजक शिव खनालले गर्नुभएको थियोे ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
editor असार २९, मंगलवार १९:३०
विश्व नेपाली साहित्य प्रतिष्ठानकाे लुम्बिनी प्रदेश गठन; अध्यक्षमा भावना खनाल
साहित्यपोस्ट असार ३०, बुधबार १३:१३