कवि तथा समालोचक नेत्र एटमको कवितासङ्ग्रह “प्रिय मौनता” बजारमा आएको छ । लामो समयबाट नेपाली साहित्य क्षेत्रमा क्रियाशील रहेका एटमको यो पहिलो कवितासङ्ग्रह हो ।
यस सङ्ग्रहका कविताहरूलाई कविले “उपसना कविता” भनेर उपनाम दिएका छन् । प्रेमलाई केन्द्रमा राखेर लेखिएको यस सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासानाको आलोक खण्ड छन् । जसमा ६० वटा कविता सङ्ग्रहित रहेका छन् ।
पहिलो चरणमा कवि नवीन प्यासीले सञ्चालन गरेको कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले एटमका कविता वाचन गरेका थिए ।
त्यस्तै दोस्रो सत्रअन्तर्गत प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनतामाथि आफ्नो विचार राखेका थिए ।
शिखा बुक्सले बजारमा ल्याएको यस सङ्ग्रहको मूल्य रु ३५० रहेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
