काठमाडौं । कवि तथा समालोचक नेत्र एटमको कविता सङ्ग्रह ‘प्रिय मौनता’माथि ३५ जना समालोचकले लेखेको ‘मौनताको काव्यिक उपासना’ कृति लोकार्पण भएको छ ।
बागबजारस्थित सिटिम्याक्स सिनेमा हलमा प्रा.डा. कृष्णहरि बराल र प्रा.डा. भरत भट्टराईले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
प्रेमलाई केन्द्रमा राखेर लेखिएको ‘प्रिय मौनता’ सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपसानाको आलोक खण्ड गरी ६० वटा कविता सङ्ग्रहित छन् । जसमाथि ३५ जनाले सामालोचना गरेका हुन् ।
नवप्रकाशित कृतिलाई ‘शब्द-साया’ले प्रकाशन गरी बजारमा ल्याएको हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला