पोखरा।  लघुकथा प्रतिष्ठान पोखरा द्वारा आयोजित ८४औँ नियमित लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख वक्ता नाट्यकार कृष्ण उदासी ले लघुकथा लेखनका लागि साधना र एकाग्रताको आवश्यकता औंल्याउँदै “बिना साधना र बिना एकाग्रता लघुकथा न लेख्न सकिन्छ, न त बुझ्न सकिन्छ” भन्ने धारणा व्यक्त गर्नुभयाे । उहाँले लघुकथाको अन्त्यमा आउने झट्काले यस विधालाई अन्य साहित्यिक विधाभन्दा फरक र विशिष्ट बनाउने बताउनुभयाे ।

प्रतिष्ठानका अध्यक्ष कल्याण पन्त को अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२ जना लघुकथाकारहरूले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे । वाचन गर्ने स्रष्टाहरूमा गीता तिवारी, गायत्री पराजुली, दिनेश बस्नेत, लक्ष्मी थापा, ढाकामोहन बराल, काजी गाउँले, लक्ष्मण गौतम ‘हिमाली’, टुकादेवी आचार्य, डा. ईश्वरमणि अधिकारी, अल्पबिराम पोखरेली, लक्ष्मण थापा र कल्याण पन्त रहनुभएकाे थियाे ।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष गीता तिवारी ले स्वागत मन्तव्य राख्नुभएकाे थियाे  भने सचिव विष्णु बास्तोला ले सञ्चालन गर्नुभएकाे थियाे ।
प्रतिष्ठानले जनाए अनुसार अर्को नियमित लघुकथा वाचन कार्यक्रम आगामी जेठ महिनाको दोस्रो शनिबार आयोजना गरिनेछ ।