मोरङ । विराटनगरमा बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा स्वर सङ्गम सङ्गीतालयको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न भाषाका स्रष्टाहरूको सहभागिता रहेको थियो ।
कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही प्रमुख अतिथि रहेको कार्यक्रममा विराट साहित्य सङ्गमका संस्थापक अध्यक्ष बलराम पोखरेल, चारु प्रतिष्ठान नेपालका अध्यक्ष डा. देवी पन्थी, डा. नरेन्द्रप्रसाद साहित्य प्रतिष्ठानका अध्यक्ष सरला चापागाईं, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल तथा स्वर सङ्गम सङ्गीतालयका अध्यक्ष कुशेश्वर राईलगायतको उपस्थिति थियो ।
कार्यक्रममा डा. देवी पन्थी, सरला चापागाईं, भगवान झा, हरिप्रसाद बराल, भवानीप्रसाद पोखरेल, लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी, लोचन रिजाल, शम्भुनाथ कार्की, प्रयाग न्यौपाने, एकनारायण ढकाल, मञ्जु घिमिरे दाहाल, ऋषि तिवारी, भूपाल अधिकारी, अंशुकुमार गुप्ता, पुष्पा सायरा, हरिलाल चौधरी, निश्चित मिश्र, सुजता राई, एकराज भट्टराईलगायत स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे ।
विराट मैथिल नाट्य कला परिषद्का अध्यक्ष डोमी कामतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुशीला प्रसाईँ दङ्गालले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ पुष २०८२, आईतवार 










