काठमाडौं । लघुकथा समाज, नेपालले लघुकथा वाचन कार्यक्रम आयोजना गरेको छ । समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम महासचिव सुमन सौरभको संयोजकत्वमा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठसहित समाजका महासचिव सुमन सौरभ, प्रदीप सापकोटा, तारा केसी, रुपा रिसाल, पूर्णब. श्रेष्ठ र शुभद्रा अधिकारीलगायतका साहित्यकारहरूले आफ्ना-आफ्ना लघुकथा वाचन गर्नुभएकाे थियाे ।

त्यसैगरी कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, राधेश्याम लेकाली, डा. अनन्त अधिकारी र ‘भुँडीपुराण’का लेखक केशव पराजुलीलगायतको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो । कार्यक्रमको सञ्चालन समाजका सचिव श्रीबाबु कार्कीले गर्नुभएकाे थियाे ।