काठमाडौं ।कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल (मानसाग्नि) को पहिलो निबन्ध सङ्ग्रह ‘चैतन्यबोध’ सार्वजनिक भएकाे छ । लोकार्पण समारोहमा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, सहअतिथि प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र निबन्धकार मोमिलाले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभएकाे थियाे ।

प्रा.डा. भट्टराईले पुस्तकमा पूर्वीय दर्शन र वेद–वेदाङ्गलाई सहज शैलीमा प्रस्तुत गरिएको चर्चा गर्दै यसलाई रसपूर्ण र पठनीय कृति रहेको भन्दै  खुसी व्यक्त गर्नुभयो। प्रा.डा. हेमचन्द्रले कृतिमाथि सहानुभूति व्यक्त गर्दै कृति दार्शनिक दृष्टिले सशक्त रहेको टिप्पणी गर्नुभयो, भने प्रा.डा. गौतमले यसको निबन्धहरूले आत्मचिन्तनलाई बल दिने उल्लेख गर्नुभयो।

निबन्धकार मोमिलाललेमानसाग्नि’ले धेरै विधामा लेख्दा पनि, यस निबन्ध सङ्ग्रहले पाठकमाझ पुग्नपाउनु प्रेरणादायी रहेको प्रतिक्रिया दिनुभयो। सहअतिथि प्रा.डा. कोइरालाले पूर्वीय दर्शन अध्ययन गर्नेहरूका लागि यो उत्कृष्ट स्रोत पुस्तक भएको बताउनुभयो।

‘मानसाग्नि’ले कविताबाहेक लेख्न नचाहेको बताउँदै, मोमिलालको प्रेरणाले नै ‘चैतन्यबोध’को सिर्जना सम्भव भएको स्वीकार्नुभयो। प्राज्ञ–धार्मिक विमर्शले परिपूर्ण यो कृति पेज टर्नर प्रा.लि. बाट प्रकाशित भएको छ र यसको मूल्य रू  पाँच २५ तोकिएको छ।

यसले मानसाग्निको साहित्यिक यात्रा नयाँ ढंगमा अघि बढाउँदछ भन्ने विश्वास गरिएको छ।