ललितपुर । महाङ्काल प्रज्ञा-प्रतिष्ठानकाे तेस्रो प्राज्ञसभा सम्पन्न भएकाे छ । प्रतिष्ठानकाे कुलपति गणेशबहादुर केसीको सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रमकाे प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानकाे कुलपति भूपाल राई रहनुभएकाे थियाे ।
कुलपति राईले पानसमा दीप प्रज्ज्वलन गरेर खुल्ला सत्रको समुद्घाटन गर्नुभएको थियोे। प्रमुख अतिथि राईले ‘महाङ्काल प्राज्ञिक पत्रिका’, ‘तामाङ-नेपाली’ द्विभाषिक शब्दकोष र ‘बराम जाति’को सामाजिक, सांस्कृतिक एवम् जनसाङ्ख्यिक अध्ययनको लोकार्पण गर्दै प्रज्ञा-प्रतिष्ठानहरूले आदिवासी ज्ञान प्रणालीसँग सहकार्य गरी जनतासँग जोडिन प्रज्ञाका पदाधिकारीहरू गाउँगाउँसम्म पुग्नुपर्नेमा जोड दिनुभएको थियोे।समावेशी मूल्य पद्धतिमा आधारित भइ रैथाने भाषा ,साहित्य,संस्कृति ,दर्शन र इतिहासको क्षेत्रमा खोजअनुसन्धान गर्दै महाङ्काल प्रज्ञा-प्रतिष्ठान बहुभाषिक ढङ्गले अघि बढ्नुपर्ने बताउनुभएको थियोे।स्थापना भएको छोटो अवधिमै प्रतिष्ठानले खोजअनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका प्रति आभार प्रकट गर्नुभएको थियोे।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले आफू स्थानीय बासिन्दा भएकाले महाङ्काल प्रज्ञा-प्रतिष्ठानको स्तरोन्नति गर्न लागिपर्ने बताउनुभएको थियोे। उहाँले महाङ्काल क्षेत्रका स्रष्टाहरू सङ्घीय प्रज्ञा-प्रतिष्ठानमा समेत प्रतिनिधित्व गर्न सक्षम रहेको उल्लेख गर्दै स्थानीय सङ्ग्राहलयको आवश्यकता रहेको बताउनुभएको थियोे। कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमलाले शुभकामना मनतव्यका क्रममा अहिले भूमण्डलीकरणले भाषा,साहित्य ,संस्कृतिको क्षेत्रमा अनुचित प्रभाव पारेको बताउँदै साहित्य सिर्जनालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको थियोे ।उहाँले सिर्जनाहरूमा रैथाने बिम्बको प्रयोगले झनै सार्थक पार्ने बताउँदै आन्तरिक ओैपनिवेशिकताको प्रभावले सङ्कटमा परेका भाषाहरूको संरक्षण स्थानीय सरकारले नै गर्नुपर्ने उल्लेख गर्दै महाङ्काल प्रज्ञा-प्रतिष्ठानले स्थापनाको तीन वर्षमा नै जे जस्ता प्राज्ञिक कार्यहरू गरेको छ।तिनीहरू अनुकरणीय रहेको बताउनु भएको थियोे ।
प्रज्ञा -प्रतिष्ठानका उपकुलपति तथा प्राज्ञ परिषद् अध्यक्ष रामसुन्दर के.सीले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम र बजेट प्रस्तुत गर्दै महाङ्काल क्षेत्रभित्रको प्राज्ञिक उन्नायनमा लागिपर्दै प्राज्ञिक संस्था र व्यक्तित्वहरूसँग निरन्तर सहकार्य गर्ने बताउनु भएको थियोे । यसैगरी अन्य विशिष्ट अतिथिहरू कोन्ज्योसोम प्रज्ञा-प्रतिष्ठान ललितपुरका अध्यक्ष गोपाल सञ्जेल ,नेपाल बराम सङ्घका केन्द्रीय अध्यक्ष भद्रकुमारी बरामु लगायतले महाङ्काल प्रज्ञा-प्रतिष्ठानले पुर्याएको उल्लेखनीय भूमिकाको चर्चा गर्नुभएको थियोे ।
२०७९ सालमा स्थापना भएको महाङ्काल प्रज्ञा-प्रतिष्ठानले भाषा , साहित्य, संस्कृति,कला र सामाजिक क्षेत्रको खोज अनुसन्धानमा महत्त्वपूर्ण कार्य गर्दै आएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ पुष २०८२, शुक्रबार 




