मोरङ । गजलकार भूपाल अधिकारीको गजलसङ्ग्रह ‘दिव्यदीप’ को लोकार्पण तथा विभिन्न क्षेत्रका ८ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ। नोबेल साकोस कोशी प्रदेश शाखाले विराटनगरमा आयोजना गरेकाे कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो।
कार्यक्रममा प्राज्ञ खेम नेपाली, नाट्य अभियन्ता भरत गुरागाईं बरबरिक, डा. छवि वैरागी घिमिरे, नोबेल साकोसका संस्थापक राजन न्यौपाने, चारुविज्ञ डा. देवी पन्थी, सङ्गम अभियानका प्रधान सम्पादक रामबाबु दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, लेखक तथा अनुसन्धाता केशु विरही लगायतका गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। यसैगरी, प्रा. डा. हरिहर दाहाल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, कण लघुकथा मञ्चका अध्यक्ष दीप मङ्गाती लगायतका साहित्यकारहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
‘दिव्यदीप’ माथि हरि कट्टेलले समीक्षा प्रस्तुत गर्दै यसलाई पूर्ण रूपमा बहरमा लेखिएको एउटा महत्वपूर्ण कृति भएको बताउनुभएकाे थियाे । कार्यक्रममा नोबेल साकोसका संस्थापक राजन न्यौपाने, भरत बरबरिक, केशु विरही, डा. देवी पन्थी, डा. छवि वैरागी घिमिरे, बाबुराम पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रमको अर्को मुख्य आकर्षण थियो, नेपाली भाषा, साहित्य, कला तथा पत्रकारितामा योगदान पुर्याउने विभिन्न क्षेत्रका ८ जनालाई सम्मान गरिनु। ‘विशिष्ट साहित्य सम्मान’बाट केशु विरही र ‘शरद प्रधानाङ्ग, विशेष साहित्य सम्मान’बाट प्रिन्स प्रमोद ढकाल, ‘विशिष्ट कला सम्मान’बाट प्रयाग न्यौपाने, ‘सञ्चार सम्मान’बाट गोकुल पराजुली र ‘मदन भण्डारी, सामाजिक सम्मान’बाट करिम अन्सारी र ‘बालप्रतिभा सम्मान’बाट प्रज्ञा कट्टेल सम्मानित हुनुभएकाे छ।
मञ्जुश्री गिरी, चिरञ्जीवी काफ्ले, किस्मत खतिवडा, प्रिन्स प्रमोद ढकाल, शारदा भट्टराई, मदन भण्डारी, रोहिणी रसिक, मनाहाङ राई लगायतले रचना वाचन गर्नुभएकाे थियाे भने संस्थाका सदस्य ऋषि तिवारीले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुजता राई र सदस्य नवराज पोखरेल ‘नवशिला’ ले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 




