राधिका शाक्यको आत्माकथा हो – “करुणा” ।
राधिकाले पुस्तकमा आफूले जीवनमा भोगेको यर्थाथलाई पस्कनुभएको छ ।
“मेरी जीवनसाथी राधिका शाक्यले लेखेको आत्माकथाः करुणाको पाण्डुलिपि मैले समय निकालेर सर्सती पढेँ ।” पुस्तकमा केपी शर्मा ओली लेख्नुहुन्छ, “सिङ्गो पुस्तकले बोलेको विषय कि त म, मेरो स.घर्ष, विरामी, जिम्मेवारी आदीमा केन्दित छ कित राधिका स्वयंम स.र्घष, कठिनाइ, सफलता र समाजसेवा आदीमा उनले खेलेको भुमिकासँग सम्बन्धित छ । देखाइ र भोगाइको सम्मिश्रणस्वरुपको यो रचना एक प्रकारले नियात्राजस्तो पनि हुन पुगेको छ । यसलाई के नामले चिन्नु उपयुक्त हुन्छ त्यो म अरु पाठककै जिम्मामा छाड्न चाहान्छु किनभने आफैँ पात्र भएको पुस्तकलाई मैले नै कुनै विशेषण दिनु मनासिव हुँदैन । अझ राधिकाले लेखेको पुस्तकमै अग्रलेखका रुपमा रहने त्यही पुस्तकको मीमांसा पस्कन मलाई अलिक कठिन पनि छ ।”
त्यसैगरी पुस्तकमा राधिका शाक्य लेख्नुहुन्छ, “हाम्रा बिहेप्रति बाका केही असहमति जरुर थिए । त्यतिबेलाका बाका असहमति एक न एक दिन मिल्दै जानेछ भन्ने मेरो विश्वास समयक्रममा पुष्टि भयो । मेरो जीवनका सबैभन्दा महत्त्वपूण दुई पुरुष मेरा बा र केपी सर । मेरा बा, जसबाट म जन्मिएको थिएँ अनि केपी सर, जोसँग म अन्मिएको थिएँ । बाको हात चलुन्जेल केपी सरले लगाउने कोट बाकै हातले सिलाएका हुन्थे । मेरा बाको हातको सीप केपी सरको शरीरमा कोट बनेर सजिन्थ्यो । केपी सरको शरीरमा सजिएको त्यो कोट फगत एउटा कपडा मात्र नभएर ज्वाइँससुराबीच सम्बन्ध र भावनालाई जोड्ने सेतु थियो । बाको शिल्पी केपी सरको शरीरमा सजिँदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे ।”
पुस्तकलाई पाणिनि बुक्सले बजारमा ल्याएको छ । ३ सय २ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ९५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










