पोखरेली स्रष्टा मोती भुजेलको पहिलो लोक गीत सार्वजनिक भएको छ ।

भुजेलको शब्द रचना सुन भनेर नमिसाउ पित्तल बोलको गीतमा मोहन नेपाली र कल्पना विष्टको स्वर रहेको छ ।
बिबि अनुरागी युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा बिबि अनुरागीकै सङ्गीत संयोजन छ । प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरी सार्वजनिक भएको सो गीतमा प्रेमिप्रेमीका हुन वा लोग्नेस्वास्नीले धन सम्पत्तीमा भन्दा मायामा विश्वास गर्न व्यक्त गरेको भाव प्रस्तुत गरिएको छ ।

गीत रेकर्डिङमा कमल थापा, गोबिन्द अनेक, सुकराम रसाइली, श्यामस्वेत रसाइली, निशान्त बिश्वकर्मा, मनोज बि.के, मदन सापकोटा, बिराज गन्धर्व, बिरेन्द्र थापा , बिमल गौतम,अर्जुन लोहार र सुनिता रसाइलीले साथ दिनुभएको छ ।

लोक गीत पारखीहरुबाट गीतमाथि उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको सङ्गीतकार अनुरागी बताउँनुहुन्छ ।