
सर्लाही । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कम्युनिटी वेयलफियर इङ्लिस स्कुल ,लालबन्दी,सर्लाहीले आज ‘विद्यालयमा कुलपति’ कार्यक्रमको आयोजना गरेको छ ।
विद्यालयसँग प्राज्ञिक कर्म र प्रज्ञा-प्रतिष्ठानलाई जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै, कुलपति राईले कुनै पनि मुलुक वा समाजको भाषा,साहित्य,संस्कृति र कला सफ्टपावर हो । जसरी कम्प्युटर सञ्चालन गर्नका लागि सफ्टवेयर महत्त्वपूर्ण हुन्छ,त्यसैगरी देश सञ्चालनका लागि साहित्य र कलाको आवश्यकता पर्ने बताउनुभयो ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाले प्रज्ञा-प्रतिष्ठानलाई विभिन्न शैक्षिक संस्था र गाउँगाउँमा पुर्याउने उद्देश्यले ‘विद्यालयमा कुलपति कार्यक्रम ‘ सञ्चालन गरेर ज्ञानको थलोको रूपमा रहेको प्रतिष्ठानलाई चिनाउने उद्देश्यले यस्ता कार्यक्रम भइरहेको बताउनु भयो ।
वाइसियल सर्लाहीका सचिव राजकुमार श्रेष्ठ र अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव शिवराज धमला अतिथि रहनु भएको उक्त कार्यक्रममा स्कुलका भाइस प्रिन्सिपल जगदीश कँडेलले स्वागत मनतव्य र शिक्षिका कोमल अधिकारीले उद्घोषण गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

