
Nepal Academy. Photo: THT/ File
नेपालका हरेक राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा देशका सयौँ सन्तानहरूले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका छन् । चाहे त्यो २००७ सालको प्रजातान्त्रिक क्रान्ति होस् वा २०४६ को, दश वर्षे सशस्त्र जनयुद्ध होस् वा २०६२÷०६३ सालको लोकतान्त्रिक जनआन्दोलन । यी सबै जनक्रान्तिमा देशका साहसी र वीर सन्तानहरूले आफ्नो अमूल्य जीवनको बलिदानी दिएका छन् ।
आजको राजनीतिक उपलब्धि तिनै वीर अमर सहिदहरूको देन हो । ती अमर सहिदहरूको सूचीमा सयौँ स्रष्टा–सर्जकहरूको नाम अग्रपङ्क्तिमा आउँछ । तिनै अमर स्रष्टा सहिदहरूको सम्मान गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सहिद स्रष्टा परिचय कोश’ तयार पारिरहेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध) विभागबाट ‘सहिद स्रष्टा परिचय कोश’ तयार पारिँदै गरिएको हो । विभागका प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलका अनुसार तेजविलास अधिकारी र राजबहादुर कुँवरको सम्पादनमा कोश तयार भइरहेको छ र उक्त कोशमा मकैको खेतीका स्रष्टा प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीदेखि जनयुद्धका सहिद कृष्ण सेन ‘इच्छुक’ लगायतका सहिद स्रष्टाहरूलाई समेटिनेछ । कोश यसै आर्थिक वर्षभित्र प्रकाशन गर्ने योजना रहेको प्राज्ञ पौडेलले बताए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२१ जेष्ठ २०८३, बिहीबार 









