
नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ कवि तथा गजलकार बुँद राना (लोकबहादुर राना) लाई प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका भैरहवाका रानालाई मङ्सिर २४ गते बसेको प्राज्ञ परिषद्को ३८ औँ बैठकले पुस १ गतेदेखि लागु हुने गरी आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले सोही मितिदेखि रानालाई आजीवन सदस्यले पाउने नियमानुसारको मासिक आजीवन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
आजीवन सदस्य आनन्ददेव भट्टको निधनपश्चात् रिक्त हुन आएको आजीवन सदस्य पद १ का निम्ति उपयुक्त, योग्यतम र वरिष्ठतम साधकको छनोट गरी सिफारिस गर्न गठित उपकुलपति डा. जगमान गुरुङ संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल र माया ठकुरी सदस्य रहेको सिफारिस समितिको सिफारिसका आधारमा प्राज्ञ परिषद्को बैठकले रानालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

प्रज्ञा-प्रतिष्ठानमा ‘भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन’ विमर्श
