कौशिकी र भुँडीपुराण प्रकाशनको संयुक्त संयोजनमा आठ कृतिहरूको लोकार्पण गरिएको छ । भुँडीपुराणका सञ्चालक केशव पराजुलीको सभापतित्व तथा प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएकाे हाे ।
प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्रा.डा घनश्याम परिश्रमी, बाछिटा प्रवर्तक अमर त्यागी, चेतनाथ धमला, खगेन्द्र बस्यालको विशिष्ठ आतिथ्य, गजलकार सुशीला धमलाको सटिक उद्घोषणमा राष्ट्रिय गान लगत्तै एकै साथ आठ कृतिकाे लोकार्पण गरिएको थियो ।
लोकार्पित बाछिटा कृतिकारहरूमा अमर त्यागीको अव्यक्त, डा.घनश्याम परिश्रमीको अनन्य, हरिभक्त सिग्देलको अनित्य, सिर्जना खनालको अन्तर्य, जानुका गुरागाईको अज्ञात, यज्ञलाल सुवेदीको अमूल्य रहेका थिए । साथै, भगवती दवाडी र दीपकप्रसाद गौतमको समालोचनात्मक कृति ‘अमर त्यागीका कवितामा वस्तुविधान’ लोकार्पण गरिएको थियो ।
कार्यक्रममा मञ्चासिन व्यक्तित्वबाट शुभकामना मन्तव्य व्यक्त भए भने बाछिटाकारले तीन तीन बाछिटा वाचन गरे ।
कार्यक्रममा बाछिटाकारलाई सम्मान पत्र, बाछिटा आविष्कारक अमर त्यागीलाई विविध संस्थाबाट सम्मान पत्र प्रदान भए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।