तनहुँ । कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापना गरिएको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको छ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले सो पुरस्कार ऋषिङ गाउँपालिकाको पोखरीभञ्ज्याङमा एक कार्यक्रमको आयोजना गरी लम्साललाई प्रदान गरेकाे हो ।
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले सयुक्त रुपमा प्रदान गर्नुभयो ।
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारको राशि २५ हजार छ ।
त्यसैगरी, नेपाल अधिराज्यमा ‘तनहुँ कृति वाङ्मय पुरस्कार – २०८०’ डा. रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशी २५ हजार रहेको छ।
‘गीतल राष्ट्रिय पुरस्कार–२०८०’ तिला लेकालीलाई प्रदान गरेको छ। उक्त पुरस्कारको राशि १० हजार छ।
‘गीतल प्रतिभा पुरस्कार–२०८०’ शोभासिंह ठकुरीलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि पाँच हजार छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 









