साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘अग्नि’लाई लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार

Chovar Blues Mobile Size

लालबन्दी, सर्लाही / लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९’ कवि नवराज लम्सालकृत ‘अग्नि’लाई प्रदान गर्ने भएको छ ।

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट डा. नवराज लम्साल रचित ‘अग्नि’ महाकाव्यले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९’ प्रदान गरिने एक विज्ञप्ति जारी गरी जनाइएको छ ।

यसअघि परिषद्ले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९’ का लागि उत्कृष्ट दश कृतिहरू साउन २६ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।

‘लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार -२०७९’ नेपाली भाषा तथा साहित्य सेवक एवम् सञ्चारकर्मी क्षितिज विश्‍वकर्माले पाउने भएका छन् ।

लालबन्दी नगर वाङ्‌मय स्थानीय प्रतिभा पुरस्कारको राशि रु.१० हजार र लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९ (राष्ट्रिय) को पुरस्कार राशि रु. ५० हजार रहेको लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
Loading...