युवाकवि मसान उपासकको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बैकल्पिक बाटो पृथक् पाइलाअन्तर्गत सिर्जनात्मक अभियान, स्याङ्जाको आयोजनामा उपासकको एकल कविता वाचन सम्पन्न भएकाे हाे ।

नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा अनौपचारिक रूपमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा कवि उपासकले आफ्ना ६ वटा उत्कृष्ट कविता वाचन गर्नुभएको थियो ।

पहिलो चरणमा उपासकले कविता सुनाएपश्चात् लक्ष्मी अधिकारी, वसन्ती अधिकारी, वसन्त खनाल, कमलप्रसाद बगाले, सीताराम अधिकारी, शम्भु अर्याल र ध्रुवप्रसाद शर्मा पङ्गेनीले आफ्नो कविता वाचन गर्नुभएको थियो ।

दोस्रो चरणमा कवि उपासकले आफ्ना ६ वटा उत्कृष्ट कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण अभियानका संस्थापक अभियन्ता मिलन समीरद्वारा गरिएको थियो ।