हरेक जोर नेपाली वर्षमा प्रदान गरिने ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’का लागि १० पुस्तकको सूची जारी गरिएको छ । पुरस्कार प्रदान गर्ने संस्था श्री रामगीतावाङ्मय मन्दिरले एक विज्ञप्ति जारी गर्दै १० कृतिहरुको नाम सार्वजनिक गरेको हो ।
विज्ञप्तिअनुसार विक्रमभक्त जोशीको चोभार ब्लुज, चन्द्र गुरुङको जब एउटा मान्छे हराउँछ, मनोज थारुको टुवार, इल्या भट्टराईको मिसर, हरिबोल काफ्लेको यशोधरा, युवराज नयाँघरेको याकजी, राजेन्द्र तारकिणीको बिगन रामको मादल, अशोक थापाको सन्तापको धून, शिव प्रकाशको समभोग र राजेन्द्र विमलको सरबरिया टोल छनौट भएका १० पुस्तक रहेका छन् ।
मन्दिरकी अध्यक्ष गीता खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यथाशीघ्र अर्को विज्ञप्ति जारी गरी विजेताको घोषणा गरिनेसमेत जनाइएको छ ।
वरिष्ठ नियात्राकार प्रतीक ढकालको सम्मानमा मन्दिरले यो पुरस्कारको स्थापना गरेको हो । मन्दिरको अध्यक्ष अमेरिका निवासी गीता खत्री रहेकी छिन् भने संरक्षक राम खत्री रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।