कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ कवितासङ्ग्रह सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिचमा अस्तित्वको उक्त कवितासङ्ग्रह सार्वजनिक भएकाे हो ।
‘चिहानमाथि महल बनाइरहेको मान्छे अस्तित्वको पहिलो कवितासङ्ग्रह हो । बिएन पुस्तक संसारबाट प्रकाशित यो कवितासङ्ग्रहमा ६६ वटा कविता सङ्ग्रहित छन् ।
प्युठानको स्वर्गद्वारीमा जन्मिएका घनश्याम अस्तित्व कथा र निबन्ध पनि लेख्छन् । साठीको दशकको अन्त्यतिरबाट कविता लेख्न थालेका अस्तित्व विभिन्न साहित्यक पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 






