युवा साहित्यकार रूपक अधिकारीको दोस्रो उपन्यास ‘आधा मण्डप’ सार्वजनिक भएकाे छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बिच उपन्यासकाे लोकार्पण गरिएकाे हाे ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको कार्यक्रममा लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ नेपालीलगायतले संयुक्त रूपमा अधिकारीको उपन्यास लोकार्पण गरेका हुन् ।

साहित्यपोस्टमा नियमित रूपमा कथा, कविता तथा निबन्ध प्रकाशित गर्दै आएका अधिकारीकाे यसअघि ‘साढे ३ हत्या’ नामक उपन्यास प्रकाशित छ ।

रिड एण्ड राइज पिक्चर एण्ड प्रिन्टद्वारा वितरित उपन्यास ‘आधा मण्डप’को प्रकाशक अमीर केसी र सहदेव अर्याल हुन् ।