
उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासङ्ग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ ।
‘अनावरण’ सामान्य अनि महत्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका कथाहरुको सङ्ग्रह हो । सङ्ग्रहका कथाहरुमा समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसङ्गत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढङ्गले प्रस्तुत गरिएको छ । हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरुको मानसिक दशाको मिहीन चित्रण यस सङ्ग्रहका कथाहरुमा पढ्न पाइन्छ ।
पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुङ्ग्याइएका यी कथाहरु पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन् ।
कलम प्रकाशनले बजारमा ल्याएको कथासङ्ग्रह ‘अनावरण’को मूल्य ४९५ रुपैयाँ रहेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
