


विजय सापकोटा
जब दूरदेखि तिम्रो खबर आयो।
मेरो मनमा खुसीको सागर आयो।
मैले अमृत पठाएको थिएँ उपहारमा
उसको तर्फबाट भने जहर आयो।
आयो खै के के आयो कुन्नि बजेटमा
मेरो गाउँ आएन तिम्रो सहर आयो।
सबैभन्दा शक्तिशाली हुँदो रहेछ प्रेम
तिमीलाई देखेपछि मनमा डर आयो।
पसिना बेच्नेको शरीर बाकसमा आउँदा
देश बेच्नेहरूको खातामा डलर आयो ।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू