साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई गजलकार लोकेन्द्र बञ्जाराकृत तेस्रो गजल-कृति “पलक” प्राप्त भएकाे छ ।
यसमा ९१ वटा गजल सङ्ग्रहित छन् । पलकले नेपाली समाज बोलेको छ । गरिबीको कथा कहेको छ । विसङ्गत जीवनमा लय हालेको छ । पाठकलाई प्रभावित पार्ने गरी नै गजलहरू मार्मिक छन् ।
“यत्ति चैँ भनूँ कि ?”मा लोकेन्द्र बञ्जारा लेख्छन्, “म गजललाई असाध्यै प्रेम र स्नेह गर्न खोज्छु हृदयबाटै । त्यही एक कारण हो, न मैले कवि हुन बल गरेँ न आख्यानकार । गजल एक सिर्जना हुँदाहुँदै पनि यसले प्राविधिक पक्षमा पनि ध्यान पुर्याउनुपर्ने हुनाले धेरै ठाउँमा भाँती नपुगेको भने हुनसक्छ भन्ने चाहन्छ ।”
पुस्तकको आखिरी पृष्ठमा लेखिएको छ,
त्योमध्ये म पनि एक हुँ सम्झिराख्नू, नबिर्सिनू
सानो मान्छे, खुद्रा पैसा, अभर पर्दा काम लाग्छ ।
यसरी मैले पटक-पटक मेरा अनुहारहरू बेच्नुपर्यो
बाँच्न मै बलात्कृत लेखिएका अखबारहरू बेच्नुपर्यो ।
अनिवार्य बिर्सिनुपर्नेको सम्झन मुटुमा अझै रहेछ
मेरो त अर्को दुर्घटनाको संभावना मुटुमै अझै रहेछ ।
कुरै राख्न पाएन फँसीको सजाय पाएको व्यक्तिले,
पैसालाई न्यायको जिब्रो जफत गर्न सिकाइएको रैछ ।
पेज टर्नरबाट प्रकाशित ९२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










