साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई कवि दीपा राई पुनको कविताकृति “छुटेको बागदाता” प्राप्त भएको छ ।

पुनको तेस्रो कविता कृति हो “छुटेको बागदाता” । कलवर, धरानले दास्रो संस्करण बजारमा ल्याएको हो । ७२ पृष्ठको यस कविता सङ्ग्रहमा ‘तिमी हिवा म तावा’, ‘जीवनमार्ग आमा’, ‘स्वीकारोक्ति’, ‘अर्पण’, ‘बतास अर्थान्तरण’, ‘अमिट अन्तरङ्ग’, ‘शूरवीर समय’लगायत ३९ थान कविता सङ्ग्रहित छन् । सरल, सहज र प्रवाहमय भाषामा लेखिएका प्रस्तुत कविताहरू मार्मिक छन् । साथै विम्बहरूको सशक्त प्रयोग पनि पाइन्छ ।

लेखकीयमा लेखिएको छ, “जीवन यात्रामै नसकियोस् भनेर मैले आफूलाई खोजेँ । त्यही खोज्ने क्रममा मेरो तेस्रो कविता सङ्ग्रह ‘छुटेको बागदाता’ जन्मियो । पहिचानको खोजीमा म कति भेटिएँ कुन्नि । मैले यसको जिम्मा पाठकलाई नै छाडेको छु । जीवनको सबै अनुभवहरूबाट सुन्दर अनुभूतिलाई टिपेँ । अप्ठ्यारा जतिलाई साहस सम्झेँ । सकारात्मक भएर काँडालाई फूल देखेँ । समयसँग जुझ्दै जीवनको धुनहरू कवितामा सुनेँ । शब्दहरू सधैँ मेरो भावानाका साथी बनेर आयो । म हिँड्ने बाटोभरि, म बाँच्ने पाटोभरि मेरो साथ बनेर आयो । म हिँड्ने बाटोभरि, म बाँच्ने पाटोभरि मेरो साथ छोडेन शब्दहरूले । हामी दुई मिलेर कविता लेख्यौँ । कवितामा समयलाई बाँध्ने कोसिस गर्यौँ । जीवनलाई बुझ्ने प्रयत्न गर्यौँ । आफूलाई प्राकृत सम्झेर प्रकृतिसँग रमाउँदै मानवीय संवेदनामा केन्द्रित रहेर कविताको भाषा जसरी बोले, त्यही नै मैले पाठकलाई सुम्पेको छु ।”

पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।