
भाषासेवी तथा लेखक शरच्चन्द्र वस्ती साहित्यपोस्टसँग आबद्ध हुनुभएको छ । वस्ती साप्ताहिक रूपमा शुक्रबार प्रकाशित हुने स्तम्भ ‘अर्को अर्थ नलागेमा’मार्फत् साहित्यपोस्टसँग जोडिनुभएको हो ।
साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले वस्ती स्तम्भकारका रूपमा साहित्यपोस्टसँग आबद्ध हुनुभएको पृष्टि गरेका छन् । कोइरालाका अनुसार वस्तीले ‘अर्को अर्थ नलागेमा’ स्तम्भअन्तर्गत आफ्नो नयाँ तथा पुराना आलेखहरू नियमित रूपमा पस्कनु हुनेछ ।
पद्मकन्या क्यापसमा प्राध्यापनसमेत गर्नु भएका वस्तीले कान्तिपुर, गोरखापत्रलगायत पत्रिकाहरूमा पत्रकार तथा स्तम्भकारका रूपमा काम गर्नुभएको छ । विशेषतः भाषा तथा सम्पादनको क्षेत्रमा महारथ प्राप्त गर्नुभएका वस्तीका ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ र ‘हाम्रो भाषा’ शीर्षकका पुस्तक चर्चित छन् ।
पढ्नुहोस्, ‘अर्को अर्थ नलागेमा’ स्तम्भअन्तर्गतको पहिलो आलेखः
बुद्धिजीवी बन्ने बाटो | साहित्यपोस्ट (sahityapost.com)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

