

किशन पाैडेल
गोलार्धको एकछेउमा रात र अर्कोछेउमा घाम हुन्छ
कसैको मनमा अल्लाह, येसु कसैको प्रिय राम हुन्छ
हरेकको आफ्नै हिँड्ने बाटो र अलग विचार हुन्छन्
कसैलाई गुरुद्वार, मस्जिद कसैलाई घर नै धाम हुन्छ ।
मान्छे भित्र किन यति धेरै घमन्ड र अभिमान हुन्छ
भित्र- भित्र मक्किएका बाहिर चम्किलो सान हुन्छ
फर्किएर हेर्नुस् महोदय ! दौडिएर कहाँ पुग्नु हुन्छ
यहाँ हरेकको अन्तिम गन्तव्य त मात्र चिहान हुन्छ !
गुमनाम भएर बस्नेको पनि एउटा पहिचान हुन्छ
हरेक मान्छे भित्र आत्म गौरव र स्वाभिमान हुन्छ
नजर अन्दाज नगर्नुस् महाशय ! तकदिरको खेल हो
मिल्काएको पत्थर पनि कुनै दिन भगवान् हुन्छ !
हेटौँडा -४



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
