तिमी प्रेमकी, पुजारी
म नि, प्रेमकै, छु जोगी
तिमी प्रेमकी, दबाई
म नि, प्रेमकै छु रोगी !

यो मन भएछ, मन्दिर
तर, देउता विनाको
देउता बनेर कोही
आई दिए, हुँदो हो
यस्तो, म सोचिराथें
तिम्रो भयो सवारी !
एक्लो थिएँ म, एक्लो
थिएन क्यै, तयारी !

म त, प्रेमकै भिखारी
हिड्थें अलख, पुकारी
आयौ, तिमी जीवनमा
भयौ, जीवन छहारी ।
थक्ति, थकित थिएँ म
मैले बिसाएँ, भारी !
तिमी मान या नमान
उस्तै छ, मन नि, मेरो
उस्तैछ, फूल, फुलेको
उस्तै छ, फूलबारी !

तिम्रो पियार मैं हूँ
मेरी तिमी, पियारी ।
तिमी प्रेममै, “कुमारी!”
म नि, “बाल- ब्रह्मचारी ।

 

 

(क्यालिफोर्निया ]