
मूल कवि: वाल्टर एभरेट हकिन्स, अमेरिका
सोध्नु मलाई
किन तिमीलाई प्रेम गर्छु
प्रिय
अनि
म गुलाफलाई सोध्छु
ठिहीको अँगालोमा
वसन्तको चिसो शीत किन मनपर्छ
भुनभुन गर्ने
माहुरी भँवरालाई सोध्छु
फुलेको फूलको मीठो रस
किन मनपर्छ
यदि मैले
गुलाफ, माहुरी, भँवराबाट
सोधिएको प्रश्नको उत्तर पाएँ भने
म तिमीलाई खुसी साथ
उत्तर दिनेछु
पुनः सोध
प्रिय मलाई
म तिमीलाई किन प्रेम गर्छु !
अनि
म फूललाई सोध्छु
किन उसलाई
गर्मीको प्रचण्ड घाम र
झर् झर् झर्ने तापक्रम मनपर्छ
अनि म प्रेमिल मुटुलाई सोध्नेछु
किन उसलाई आकाशमा बस्ने चन्द्रमा
र
जेठ असारमा
चमचम चम्किने तारा मनपर्छ
सोध मलाई प्रिय
म तिमीलाई किन प्रेम गर्छु
अनि म
लता लहरालाई सोध्नेछु
वाटिका वरिपरि वट भएर
घुम्नुमा
के आस्था छ
फुलेको फूलको सुगन्धमा
के मरमसला छ
जुन दुर्गन्धमा छैन
यदि तिमी उत्तर दिनेछौ भने
म पनि उत्तर दिनु तत्पर छु
जब
गोधूलि साँझ पर्छ
तब
धनचरीको धमनी सुइराबाट
मधुरो गीत बग्रेल्ती किन बग्छ
यसको उत्तर धनचरीले दिनेछन्
प्रेमको
उत्सर्ग र संसर्ग
निश्चल हुन्छ
जब
उनको मुटु प्रेमिल हुन्छ
यदि
तिमी उत्तर दिनेछौ भने
म तत्पर छु उत्तर दिन
किन तिमीलाई प्रेम गर्छु
अनुवाद: बिपिन तिवारी
सिक्किम, भारत ।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

साताका पुस्तक : भवानी पाण्डेकाे ‘अक्षुण्ण’देखि विवेक ओझाको ‘ऐँठन’सम्म

फिल्मले नै आत्महत्या गर्नबाट बचाएको ‘नाटु नाटु’का कोरियोग्राफर
