हिजो बजारमा भेटियो एउटा साथी
अर्थात मेरो सहपाठी
उसले मलाई नानाभाति सोध्यो
उसले मेरो कपालमा
मेरै उमेर खोज्यो
हेर्यो निकै नियालेर
बोल्यो लय हालेर
हैन तँ कति भएस हँ साथी ?
काटिस होला नि साठी !
मैले भनें भए भर्खर पैतीस
उसले भन्यो ईस
हैन तँ ता उहिल्यै भाथिस त पैंतीस
मैले भनें हो त के आश्चर्य भो त ?
तैले कक्षा दोहोर्याएको थिस
मैले उमेर दोहोर्याएँ
दायाँ बायाँ केही नहेरी भए दुईचोटी पैंतीस
किन गर्छस् रिस ?
तेरो साथी मैँ थिएँ
मेरो साथी तैँ थिस
हुने हैन त फेरि
सधैँ पैंतीसको पैंतीस ?
खुबै हाँस्यौं दुबै
उमेर सम्झिदै सम्झिदै
हत्तेरी ! भै यो त सत्तरी
दुई दुई चोटी पैंतीस
दश थपेर पनि अझै तीन बीस ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला