
निभ्यो आगो, अँगेनोमा अँगार मात्र छ
जहाँ छैनौ तिमी, बाँकी निस्सार मात्र छ
निको हुन्न रैछ घाउ हृदयको सितिमिति
सन्चो छैन अलि-अलि सुधार मात्र छ
मन छैन, मुटु छैन, मगज छैन ठेगानमा
मसँग त यही दुखी अनुहार मात्र छ
फाटेर सम्बन्धहरू पुगे दुई किनारामा
साथमा त केवल प्रचार मात्र छ
जे छ त्यसैसँग रमाउन सिकाएकै हुँ
थाह थिएन ऊसँग तरवार मात्र छ
नआऊ अल्झाउन, बल्झाउन सपनीमा
तिमीले गर्ने यत्ति उपकार मात्र छ
धोका दियो जस्ले, धोकेबाज भन्छ मलाई
हो यस्कै छिनोफानो गर्ने हतार मात्र छ
(डेनमार्क)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
