थियो मन्थन सपनाहरूको पनि यहाँ
थियो मन्थन विपनाहरूको पनि यहाँ
आफ्नै अघि जब अर्कै हात समाएँ
थियो मन्थन कल्पनाहरूको पनि यहाँ
साँघुरा बाटाहरूमा खुसी हराएपछि
आयो मन्थन मौनताहरूको पनि यहाँ
बोल्दा शब्दहरू जब लर्खराए मन
उर्लियो मन्थन हराएका स्वर पनि यहाँ ।
भोजपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१३ कार्तिक २०८२, बिहीबार 










