मेहनत गर्छु म
आम्दानी अर्कैको
कस्तो भयो सिफारिस
खोला मेरै देशको
अधिन अर्कैको

अभिभावक भन्छन् सन्तान
आँखाको नानी हुन्
कस्तो भयो सिफारिस
ऊ अर्कैको रानी भयो
अनि अर्कैको राजा
बुढेसकालको सहारा सन्तान
उसैको सिफारिसमा आज
वृद्धाश्रममा छन् बा–आमा
कस्तो–कस्तो भयो आज
सन्तान नभएको जस्तो

बा को कत्रो लगाव थियो
उसको इज्जतको लागि
त्यही इज्जत बा को लागि
खरानी भयो
कस्तो सिफारिस भयो
लेखाई मेरै देशको
कहानी अर्कैको हुनुपर्ने
तर !
कहानी पनि मेरै देशको भयो
कस्तो सिफारिस भयो
जवान मेरै देशको
जवानी अर्कैको ।