तानाशाहले आफ्ना विरोधीको
आवाज बन्द गर्न बनाएको बन्दीगृह
नव सामन्तले प्रयोग गर्ने महल भएको छ
त्यही महलबाट सामन्तहरूले
फेरि पनि जनताको आवाज
बन्द गर्नेछन् यहाँ
त्यसैले त सामन्तले बनाएको
बन्दीगृह भत्काईदेऊ अब
चाहिँदैन तिम्रा बन्दीगृह
लगाऊ श्रम शिविरमा
बढ्नेछन् माटोको उर्वरा शक्ति
बढ्नेछ श्रमका पाइला
किन राख्नु बन्दीगृहमा
खसीलाई दाना खुवाएझैँ गरेर
न त दशैंको खाना मिल्छ बन्दीलाई
न त कुनै मन्दिरमा पूजा गर्न मिल्छ
त्यसैले भत्काईदेऊ बन्दीगृहरू
लगाऊ बन्दीलाई श्रम शिविरमा
समृद्धिको यात्रा तय हुनेछ नेपालमा
मान्छे मारेर कोही बन्दी हुन्छन् यहाँ
कोही अर्काको इज्जत लुटेर
कोही अर्काको सम्पत्ति चोरेर
कोही देश लुटेर
हरेक अपराधको एउटा सजाय छ
केवल बन्दीगृह पठाउने
राज्यको ढिकुटी प्रयोग गरेर
उनीहरूको भरण पोषण गर्ने
यसरी देशको शक्ति दुरुपयोग गरेर
हामीले किन पाल्ने अपराधीहरूलाई
उपराधीको सजाय अब जेलमा होइन
लगाऊ जमिनको उर्वरा शक्तिमा
गरौँ प्रयोग श्रम शिविरमा
सिकाऊ संस्कृति र संस्कार
बन्द गरौं बन्दीगृहहरू
अनि हुनेछ देश विकास ।
भोजपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।