सक्ने भए तिम्रा लागि के मात्रै गर्थें होला
मेरो आयु जिउने भए, म आजै मर्थें होला

कति पुकार गरे ईश तिम्रो जीवन फुलोस् भनी
सक्ने भए तिम्रो पथमा फूलैफूल छर्थें होला

गल्ती गरे भगवानले तिम्रो यस्तो संसार रची
हुने भए ईश बनी, तिम्रो संसार भर्थें होला

नियास्रियौ होला कति माया र आशीर्वाद खोज्दै
दिएर हुने भए आफ्नै मातृत्वले भर्थें होला

कति याम बितिसक्यो शिशिरमा खेल्दाखेल्दै
मैले गर्दा हुने भए वसन्तमा झार्थें होला

सक्ने भए तिम्रा लागि के मात्रै गर्थें होला
मेरो आयु जिउने भए, म आजै मर्थें होला ।

बस्टन