तिमीले हाँसिदिँदा मुस्कान तिम्रो गीत भयो
मलाई नै चोरी लग्यौ तर तिम्रै जित भयो

सधैं जस्तै आज पनि अनिश्चित यात्रा थियो
त्यहीँनेर दोबाटोमा भेट तिमी सित भयो

नजरहरू छरिदियौ धड्कन मेरो बन्द भयो
मन मेरो थर्थराउँदा तिमी सित प्रीत भयो

नयनहरू जुधेपछि मन भित्र माया बस्यो
मोती दाने आँशु पनि आज हेर शीत भयो ।

बस्टन